Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तिमा उल्लखे गरिएको छ ।

बैठकले गण्डकी र लुम्बिनी सरकारविरुद्ध पेस भएकाे अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको जनमोर्चाले निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारको विरुद्धको अविश्वासको प्रस्तावमा वैशाख १३ गते छलफल हुँदैछ। उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकिएको छ, विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्