Logo
Logo

उपलब्धि रक्षा गर्ने जिम्मेवारी जनमोर्चाको काँधमा- चित्रबहादुर केसी


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्य मान्यता समाप्त पार्ने खेलमा लागेको राष्ट्रिय जनमोर्चाले निषकर्ष निकालेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले ओलीको कारण लोकतान्त्रिक मूल्य मान्यता संकटमा परेको निष्कर्ष निकालेको अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी कदम चालेको आरोप लगाएको राष्ट्रिय जनमोर्चाले उपलब्धिहरूको रक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यकता बनेको र त्यो जिम्मेजारी आफ्नो पार्टीको काँधमा आएको विज्ञप्तिमा उल्लखे छ ।

ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने सूचना पाउनासाथ प्रतिनिधि सभा विघटन गराएका थिए, ठीक त्यसैगरी गण्डकी प्रदेश सरकारले पनि आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि तत्काल संसद अधिवेशनै अन्त्य गर्नु अलोकतान्त्रि अभ्यास भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त अविश्वासको प्रस्तावका हस्ताक्षरकर्ताहरूलाई त्यही सरकारको मन्त्रीमा नियुक्त गर्नु गलत रहेको विज्ञपतीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्