Logo
Logo

लोक तथा आधुकिन गीति संग्रह ‘पातै फरर’ बजारमा


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । गीतकार माधव केसीको ‘पातै फरर’ नामक गीति सङ्ग्रह बजारमा आएको छ । केसीले विसं २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तवाले उक्त सङ्ग्रहको विमोचन गर्दै गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताए ।


सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले उनीहरुलाई एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोक गायक हरिबहादुर राउतले स्वराङ्कन गरी रेडियो नेपालमा रेकर्ड गराउनुभएको जानकारी दिँदै तत्कालीन समयमा रेकर्ड गरिएका ती गीत अहिले पनि लोकप्रिय रहेको बताए ।

मायाँ पानी खाने कल्धारा कल्को
रात दिनै तिमिकै झझल्को
नरोउ मायाँ सम्झेर मलाई, धुरुधुरु मधेनी रातैमा
०००
चार कुने चौतारीमा तिमी पिपल मै वर
कहिले होला पातै फरर
०००
यी दुई गीत केसीले रचना गरेका हुन् । दुबै गीतले त्यो समयदेखि अहिलेसम्म स्रोताको मन जितेको छ । करिब चार दशक अगाडि रचना गरिएका यी दुई गीतलाई हालै गायक अशोक बराल र शोनिका केसीले गाएका छन् भने यसको गीति भिडियोसमेत सार्वजनिक गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000