Logo
Logo

भयावह बन्दै कोरोना, २४ घण्टामा १४ जनाको मत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १८ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६८ जनामा गरिएको पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा संक्रमित थपिएका हुन् । आजको थपिएको संक्रमितसहित देशभर संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । ति मध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्