Logo
Logo

पाकिस्ताननी प्रधानमन्त्रीद्धारा भारतीय नागरिकलाई स्वास्थ्य लाभको प्रार्थना


दृष्टि संवाददाता


काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताको स्वास्थ्य लाभको कामना गरेका छन् ।
कोरोनाविरुद्ध लड्नका लागि तय गरिएका मापदण्डहरु पालना गर्न शुक्रबार देशवासीसँग अपिल गरेका प्रधानमन्त्री खानले भारतीय नागरिकप्रति चिन्ता व्यक्त गरे ।

उनले भने ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् । म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ । मानिसहरुले आफ्नो बचाउका लागि स्वास्थ मापदण्ड पालना गरेनन् भने हामीले त्यही स्थिती सामना गर्नुपर्ने हुन्छ, जो अहिले भारतले गरिरहेका छ ।’

उनले अवस्था तिव्र रुपमा बिग्रिएकाले आगामी दिनमा देशमा लकडाउन लगाउनुपर्ने पनि हुनसक्ने उनले समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्