Logo
Logo

प्रहरीद्धारा संचारगृह घेराउ, पत्रकार कार्यालयमै बन्धक


दृष्टि संवाददाता


काठमाडौं । समाचारको विषयलाई लिएर उज्यालोनेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय प्रहरीले घेरावन्दी गरेको छ ।
अनामनगरस्थित कार्यालय घेरावन्दी गरेको प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ ।

उज्यालोनेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको फेसबुकमार्फत जानकारी गराएका छन् । तामाङले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’

समाचार लेखेकै कारण पत्रकारलाई धरपकड नगर्न अदालतले आदेश दिइसकेको बेला प्रहरी पुनः उज्यालोनेटवर्क डटकमको कार्यालय पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्