Logo
Logo

प्रहरीद्धारा कार्यकक्षबाटै पत्रकार गिरफ्तार


दृष्टि संवाददाता


काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले उज्यालोनेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलका उपसम्पादक अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।

उक्त अनलाइनको अनामनगर स्थित कार्यालय पुगेको प्रहरीले तामाङलाई पक्राउ गर्नुका साथै क्यमरा र मोबाइल समेत जफत गरेको छ ।
उक्त अनलाइनले भारतीय गुप्तचार संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि नियामक निकाय प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काउन्सिलले सोधको स्पष्टीकरणको जवाफमा उक्त अनलाइनले ‘असावधानीबस समाचार प्रकाशन भएको’ भन्दै क्षमा मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्