Logo
Logo

नेपाली सेनामा राजनीतिक हस्तक्षेप हुँदैन : रक्षामन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग शुक्रबार कुराकानी गर्दै उनले यस्तो प्रशंग ल्याएका हुन् ।
साथै, संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छअदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्दै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने बताए ।
उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गरे ।
मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्