Logo
Logo

मेघ गर्जनसहित आंशिक बदलीको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । देशका पहाडी भागमा मेघ गर्जन सहित आंशिक बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

यसैगरी, अपरान्हपछि देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्