Logo
Logo

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुँदै


दृष्टि संवाददाता


पोखरा । दिउँसो १ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पेश गरेको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची तय भएको हो ।

कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उमेदबार बनाएको छ । अविश्वास प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ । तीन सिट रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा सहमति जनाएको छ । प्रस्तावका पक्षधर सांसदहरु पोखराकै कुटी रिसोर्टमा रहेका छन् ।

गण्डकी प्रदेशसभामा ६० सांसद रहेका छन् । जसमध्ये नेकपा एमालेको २७ सिट छ । कांग्रेसको १५, माओवादी केन्द्रका १२ सांसद छन् । त्यस्तै राजमोका ३, जसपाका २ र एक स्वतन्त्र रहेका छन् । दुबै पक्षलाई ३१ मत आवश्यक पर्छ ।

अविश्वासको प्रस्ताव पारित गर्न राजमो र जसपाको साथ रहँदा सहज हुन्छ । चार दलको संख्या मिलान गर्दा ३२ सिट हुन्छ । चारै दल एकै ठाउँमा उभिएका छन् । त्यसैले गण्डकी प्रदेश सरकार संकटमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्