Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, नयाँ समीकरणबारे छलफल हुने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सोमबारलाई बोलाइएको बैठक नेताहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले स्थगित गरिएको थियो । कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएपछि बैठक आज बस्ने भएको हो ।

नेताका सुरक्षामा खटिएका केहीलाई पोजेटिभ देखिएको छ । आज बस्ने बैठकमा १४ औं महाधिवेशन प्रभावित हुन सक्ने आंकलनका बारेमा छलफल हुने भएको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा १४ औं महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर केन्द्रीय समितिमा छलफल गर्ने सहमति भएको थियो । आगामी भदौ दोस्रो साता महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन ।

कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा)को निर्णय पर्खिएको कांग्रेसले नयाँ समीकरण बनाउँन सकेको छैन । जसपामा विवाद रहँदा उसले निर्णय दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्