Logo
Logo

कास्कीमा निषेधाज्ञा, जोर–विजोर प्रणालीबाट सवारीसाधन सञ्चालन


दृष्टि संवाददाता


पोखरा । कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि कास्कीमा आजबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले गत सोमबार नै १५ गते (आज) देखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

अत्यावश्यक कामबाहेक भिडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ । निषेधाज्ञा जारी भएपनि यातायातका साधन जोर–विजोर प्रणालीबाट सञ्चालन गर्न पाइने छ ।

आज विहानबाट यातायातका साधन सञ्चालनमा आएपनि मानिस हिड्ने क्रम न्यून रहेको छ । बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ । पोखराका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन् ।

मास्क नलगाएकालाई सम्झाउने र जोर अंकमा सवारी साधन चलाउनेलाई कारवाही गरिएको छ । निषेधाज्ञा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट ६ सय ३५ जना प्रहरी परिचालन गरिएकोछ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार मंगलबारसम्म गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९ छ । त्यसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमामात्रै ७ सय २७ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्