Logo
Logo

वागमतीमा मन्त्रिपरिषद विस्तार, थपिए तीन मन्त्री र एक राज्यमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । वागती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषदमा केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरिएको छ । थपिएका मन्त्रीहरुको शपथ आज ४ बजेका लागि तोकिएको छ ।

गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्