Logo
Logo

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव छिनोफानो हुँदै


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि सांसदले बोल्ने क्रम जारी छ । सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । राष्ट्रिय जनमोर्चाले समेत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । अविश्वासको प्रस्ताव पारित भए कृष्णचन्द्र नेपाली नयाँ मुख्यमन्त्री बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्