एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त « Drishti News – Nepalese News Portal
Logo

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका छन् ।

माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्