Logo
Logo

कर्णालीका नवनियुक्त तीन मन्त्रीले सपथ लिए


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्तावको विपक्षमा मतदान गरेपछि मन्त्री बनेका नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले सपथ लिएका हुन् ।


बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित तीनै जनाले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाएका थिए । उनीहरुलाई एमालेले कारवाही गरिसकेकाले स्वतन्त्र हैसियतमा सपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्