Logo
Logo

सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित


दृष्टि संवाददाता


पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र बुझाएपछि उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार प्रदेशसभामा पत्र दिएका थिए ।

जानकारीअनुसार सम्पर्क विहिन भनिएका सांसद शाही एक अस्पतालको आइसीयुमा उपचाररत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्