Logo
Logo

नेकपाको २ नम्बर प्रदेशस्तरिय आमसभामा प्रधामन्त्रीको सम्बोधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभालाई आज सम्बोधन गर्दैछन् । नेकपाका अध्यक्ष समेत रहेको ओलीले रौतहटको गरुडामा हुने आमसभालाई सम्बोधन गर्ने भएका हुन् ।
आमसभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको बताएका छन् ।
मधेशको मुुद्धामा पार्टीको धारणा र प्रदेश २ मा नेकपामाथि विभिन्न दलद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिन आमसभा आयोजना गरिएको नेकपा प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभुु साहले बताए ।
साहले रौतहट कम्युनिष्टको आधारक्षेत्र एवं कर्मभूमिको रुपमा मात्र परिचित नभई प्रधानमन्त्री ओलीसँग जोडिएको सिंगो इतिहास रहेकाले रौतहटलाई प्रदेश नम्वर २ को उत्कृष्ट जिल्ला बनाउने पार्टीको धारणा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्