Logo
Logo

टिपरको ठक्करबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता


गाईघाट, २५ फागुन । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा शनबार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नं को टिपरले बा ९३ प ९४३२ नं को मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो ।
घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टिपर चालकको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्