Logo
Logo

निषेधाज्ञा नियाल्दै धरहरा, त्रास भूलाउँदै जाकारान्डा (१६ तस्बिर)


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान छ । सुनसान काठमाडौंका केही आकर्षक तस्बिर यहाँ प्रस्तुत छन् । तस्बिरमा ढलक्क धराहरादेखि ढकमक जाकारान्डा देखिन्छन् त कतै अटल पुरातात्विक सम्पदा ।

दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो छ । उत्तिकै मात्रामा मृत्यु हुनेको संख्या बढ्दै छ । कोरोनाले भयावह रुप लिएसँगै धेरैमा त्रास पैदा भएको छ । धेरैमा निराशा छाएको छ । प्रस्तुत तस्बिरहरु हेर्दा थोरै समय भए पनि मन बहलाउन सकिन्छ । बैजनी जाकारान्डाले मानिसको जीवनमा थोरै भए पनि आशा र उमंग भरिदिन्छ ।

तस्बिर– रासस

प्रतिक्रिया दिनुहोस्