Logo
Logo

दुई देवरको सहयोगमा श्रीमतीद्धारा श्रीमानको हत्या


दृष्टि संवाददाता


धनुषा । धनुषामा दुई देवरसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेका छन् । हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो।

स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलको सहयोगमा श्रीमानको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए छन् ।

शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । शवको प्रकृति हेर्दा मोबाइल चार्जरको तारले घाँटी कसी छुराले रेटेर हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

श्रीमती र हत्या गरिएका श्रीमान ।

सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् । घटनामा संलग्न तीनैजना फरार रहेको प्रहरीले बताएको छ । हालसम्मको अनुसन्धानअनुसार घरायसी विवादमा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । तर स्थानीयले भने देवरसँगको अनैतिक सम्बन्धका कारण सुशीलाले योजनाबद्ध श्रीमानको हत्या गरेको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्