Logo
Logo

लुम्बिनीमा राजनीतिक रफ्तार- पोखरेल नै मुख्यमन्त्रीको उम्मेदवार


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पुनः शंकर पोखरेललाई नै मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
एकल बहुमतको सरकार बनाउने योजना सहित आज बिहान मात्र पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भए लगत्तै बसेको संसदीय दलको बैठकले पोखरेललाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विश्वासको मत लिने क्रममा आफ्नै पार्टीका सांसदबाट ‘फ्लोर क्रस’ हुने भएपछि पोखरेलले राजीनामा दिएका थिए । ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । उत्त मत एकल बहुमतको सरकार गठनका लागि आवश्यक संख्या हो ।

प्रतिक्रिया दिनुहोस्