Logo
Logo

लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कामचलाउ सरकारको मन्त्रिपरिषद बैठकले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।


मुख्यमन्त्रीले राजीनामा दिइसकेको र विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको बताइएको छ ।
अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे प्रदेश सभा बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्रीको राजीनामासँगै अविश्वास प्रस्तावको विषय स्वत् निश्कृया भएको छ । सँगै नयाँ सरकार गठन प्रकृया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्