Logo
Logo

शंका, षडयन्त्र र धोकाजस्ता कुरामा मेरो विश्वास छैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता



काठमाडौँमा फागुन २६ देखि २८ गतेसम्म सञ्चालन हुने खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब होही पृथकतावादी नरहेको बताएका छन् । राजधानीमा आइतबार आयोजित अन्तर्राष्ट्रिय किसान सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन छैन ।’
प्रधानमन्त्री ओलीले सिके राउतसँग भएको सम्झौताप्रति शंका नगर्न आग्रह गर्दै भने, ‘केहीकेही मान्छे कुनाकाप्चामा, कतैकतै सम्झौताबाट छट्पटाएका छन् । पिरोलिएका छन् ।’
प्रधानमन्त्री ओलीले भने, ‘तर, पृथकतावाद छाडेर राष्ट्रिय मूलधारको राजनीति आउनु र त्यसरी ल्याउनु सफलता र सकारात्मक होइन भने केचाहिँ सकारात्मक हुन्छ ? संविधान मानेर चल्छु भन्दा शंका छ रे ! शंका षडयन्त्र धोकाजस्ता कुरामा मेरो विश्वास छैन ।’
उनले एउटा पृथकतावादी मागसहितको समूह नेपालमा रहेको बताउँदै त्यो अब नरहेको बताए । उनले भने, ‘अस्तिको दिनसम्म पृथकतावादी माग राखेर, छुट्टै स्वतन्त्र राज्यको माग राखेर हिँडेको एउटा समूह पनि थियो । तर, त्यस समूहले मूलधारको राजनीति गर्ने, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य हो । संविधानप्रदत्त हक अधिकारभित्र जनताको अभिमत र भावनालाई कदर गरेर, आफ्ना आग्रह छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको छ ।’
देशमा संक्रमणकाल टुंग्याएर सुशासन र विकासको महाअभियानतर्फ लागेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अब देशलाई सुशासन र विकास आवश्यकता छ ’

प्रतिक्रिया दिनुहोस्