Logo
Logo

कोरोना संक्रमण बढ्दो, आधाभन्दा धेरै जिल्लामा निषेधाज्ञा


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमविरुद्ध सरकारले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाएको छ । आज सम्ममा ४१ जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

निषेधाज्ञाको आदेश जारी गर्ने जिल्लाकास सख्या बढ्दो छ । शनिबार २९ जिल्लामा निषेधाज्ञा भएको थियो । आइतबार ३१ जिल्लामा आज बिहानसम्म ४१ जिल्लामा निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

केही जिल्लामा आज रातिदेखि निषेधाज्ञा हुँदैछ भने केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा लगाइएका जिल्लाहरु
प्राप्त विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा आज रातिदेखि लागू हुनेगरी र नुवाकोट, धनुषा तथा दैलेखमा मङ्गलबारदेखि लागू हुने गरी आदेश जारी गरिएको छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।

प्रतिक्रिया दिनुहोस्