Logo
Logo

अब भक्तपुर भ्रष्टाचार मुक्त जिल्ला बन्छ–सांसद एवं पूर्वमन्त्री बस्नेत


- दृष्टि न्युज/संवाददाता


भक्तपुर । त्रकारहरुले स्थानीय तहको समाचार संकलनमा खोज पत्रकारिता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । क्रियासिल पत्रकार मञ्च भक्तपुरले काठमाण्र्डौको भोटेचौरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र संचारकर्मी’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा प्रतिनिधीसभाको सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरलाई शुसासन युक्त र भ्रष्टाचार मुक्त जिल्ला बाउने अभियान सुरु भएको बताउदै भ्रष्टाचारीलाई भक्तपुरमा छुट नहुने बताउनुभयो ।
जनप्रतिनिधी आएपछि भक्तपुरको विकास तिब्र गतिमा भएको बताउदै नेकपाका केन्द्रीय सदस्य एवं सांसद बस्नेतले भन्नुभयो–“भक्तपुरको विकास तिब्र गतिमा भएको छ, यसवर्ष मात्रै सडकका लागि ५० करोड रुपैयाको बजेट ल्याएर सडक निर्माणको काम भईरहेको छ, गाउँ गाउँमा पक्कि सडक पुग्दैछ, भक्तपुरमा यसवर्ष मात्रै २५ किलोमिटर सडक बन्दैछ ।”
यसवर्ष हनुमन्ते करिडोर ६ किलोमिटर निर्माण सुरु भएको र आगामी वर्षसम्म करिडोर निर्माण सबै सम्पन्न हुने बताउदै पेप्सीकोला सल्लाघारी सडक, अरनिको राजमार्गको भक्तपुर प्रवेशको जडिबुटी र मध्यपुरथिमिको हनुमन्ते पुलसम्म गेट सहितको पुल बन्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले पत्रकारहरुले खोज पत्रकारिता गर्न छाडेको बताउनु भयो । उहाँले तथ्यमा आधारित रहेर समाचार संकलन गर्न पत्रकारहरु पछाडि परेको बताउदै उहााले कोठे पत्रकारितालाई त्याग्दै खोज पत्रकारितामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
हचुवाको भरमा कपोकल्पित र मनगढन्ते समाचार लेखेर चर्चामा आउन खोज्दा पत्रकारिता जगत कै बदनाम भईरहेकाले समाचार तथ्यमा आधारित रहेर लेख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकारहरुले समाचार लेख्दा चुनौती खेप्न नचाहने गरेको बताउदै पत्रकारहरुले खोजमूलक र गहन समाचार लेख्न चासो दिनुपर्ने बताउनुभयो ।
समाचारको फलोअप नगर्ने र हुबहु तथा चोरी समाचार आउनु बिडम्बना भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–“फिल्ड मै गएर समाचार लेख्ने, समाचारको तथ्य र तथ्यांकको भेरिफिकेशन गर्ने, सम्बन्धित व्यक्तिसंग समाचारकाबारेमा वास्तविकता जानकारी नलिई हचुँवामा समाचार लेखेर अफवाह फैलाउने प्रबृत्ति हटाउनुपर्छ ।”
नगरपालिकाले शिक्षा, स्वास्थ्य खेलकुद, भौतिक पूर्वाधारका बारेमा गरेको विकासका कार्यहरु समाचार बन्न नसकेको चर्चा गर्दै प्रपोगाण्डा मच्चिने समाचारमा मात्रै ध्यान दिने कार्य गर्न नहुने उहाँको भनाई थियो ।
संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कटौती गरेर पुनः विषयगत कार्यालयलाई अधिकार दिएर नगरपालिकाको अधिकार कटौती गर्ने षडयन्त्र भईरहेको भनाई राख्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले पत्रकारहरुले कसैको पक्ष, विपक्ष निलिई सत्यमा आधारित भएर समाचार लेख्नुपर्नेमा बताउदै उहाँले विकासका समाचारलाई प्रभावकारी रुपमा सम्प्रेषण गर्न सुझाब दिनुभयो । प्रंशसा गर्ने समाचार लेख्नु पर्छ भन्ने नभई सत्यमा आधारित समाचा लेख्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बास्तोला, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च भक्तपुरका सचिव जितेन्द्र श्रेष्ठले जनप्रतिनिधी र संचारकर्मी बिच समाचारका विषयकाबारेमा छलफल भईरहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्रियासिल पत्रकार मञ्चका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरीले नगरपालिका र संचारकर्मी बिच समश्न्वय नहुदा धेरै समाचाहरु पाठकसम्म पुग्न नसकेको बताउदै जनप्रतिनिधी र संचारकर्मी विच समाचारका विषयहरु आदान प्रदान भईरहनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्