Logo
Logo

कोरोना संक्रमबाट न्याय परिषद सदस्यको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । न्याय परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । कानून व्यवसायीका तर्फबाट खड्का २०७६ पुसमा न्याय परिषद भएका थिए ।

प्रतिक्रिया दिनुहोस्