Logo
Logo

सामूहिक राजीनामा ‘भ्रामक र असत्य’ : सुरेन्द्र पाण्डे


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि माधवकुमार नेपाल समूहका सांसदले समूहिक राजीनामा दिने भन्ने समाचार गलत रहेको भन्दै सो समूहका नेताले खण्डन गरेका छन् ।

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले दृष्टिज्यूजसँग कुरा गर्दै सामूहिक राजीनामा दिने भन्ने हल्ला गलत रहेको भन्दै खण्डन गरेका हुन् । उनले भने– ‘हामीले त्यस्तो केही निर्णय गरेका छैनौं । केही संचार माध्यममा आएका समाचार भ्रामक र असत्य हुन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका छन् । सोही तयारीअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक समेत बोलाएका छन् । यसैबीच, ‘माधव नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने’ भन्ने समाचार बाहिरिएपछि सो समूहका नेताले खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्