Logo
Logo

इथोपियन बोइङ दुर्घटना : १५७ यात्रु सबैको मृत्यु, एक नेपाली पनि परे


- दृष्टि न्युज/संवाददाता


File Photo

नैरोबी, २६ फागुन (एजेन्सी)। इथियोपियन एयरलाइन्स बोइङ–७३७ विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ । आडीस अबाबाबाट नैरोबी आउ“दै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए ।
दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र संघका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ले जानकारी दिएको छ । जसमा एक नेपाली पनि रहेको जनाएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।
‘दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु’ भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन् । एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्ररुपमा अगाडी बढाइएको र दुर्घटनामा परेकाहरु सबैको मृत्यु भएको जनाइएको छ । कम्पनीले विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण १५७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८.३८ मा विमान उडेको थियो । उडेको ६ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो ।
अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।
इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिक, र एक नेपालको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका ६, नेदरल्याण्डका पा“च र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । चार जनाको राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्