Logo
Logo

समर्थन फिर्ता लिएको पत्र बुझाउँदै माओवादी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ता लिएको पत्र बुझाउन लागेको हो ।

गत पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिए पुनः संसद विघटन हुने भएपछि माओवादीले समर्थन फिर्ता लिन सकेको थिएन ।

वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्