Logo
Logo

संघीय सांसदको पीसीआर परीक्षण गरिँदै


दृष्टि संवाददाता


काठमाडौं । बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले सभामुखसहित सांसदको कोरोना परीक्षण गर्ने भएको छ ।

सचिवालयले आज सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

त्यसैगरी भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्