Logo
Logo

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए सपथ


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ नियुक्त गरेका मन्त्रीहरु चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन् । यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ । शपथ ग्रहण गरेका आर्चाय र श्रेष्ठ एमाले पार्टीका हुन् भने श्रीवास्तव सूर्य चिन्ह लिएर प्रदेशसभाका निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्