Logo
Logo

राष्ट्रियसभाको उपनिर्वाचनमा चार दलको गठबन्धन


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका रामबहादुर थापा ‘बादल’सँग डा. खिमलाल देवकोटा भिड्ने भएका छन् ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा डा. देवकोटालाई अघि सार्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गरेका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको बताइएकाे छ ।

लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । तर, त्यहाँको निर्वाचन तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्