Logo
Logo

श्रमिकले कोरोना उपचारमा १ लाख रुपैयाँ पाउने



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएका श्रमिकले कोरोना संक्रमण उपचारमा राहत पाउने भएका छन् । नियमित रूपमा रकम जम्मा गरेका श्रमिकलाई कोरोना संक्रमण भएमा उपचार खर्च बापत कोषले १ लाख रुपैयाँसम्म अस्पताललाई दिने भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका श्रीमान् वा श्रीमतीले आजीवन निवृत्तिभरण पाउने छन् । कोषका प्रवक्ता विवेक पन्थीकाअनुसार कोभिडका कारण मृत्यु भएमा श्रमिकको अन्तिम महिनाको पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवारले (श्रीमान् वा श्रीमती) ले आजीवन निवृत्तिभरण पाउनेछन् ।

मृतकका २१ वर्षभन्दा तलका छोराछोरीले अन्तिम महिनाको ४० प्रतिशत रकम शैक्षिक वृत्ति पाउने छन् । कोषमा आगामी असार मसान्तसम्म आबद्ध हुने योगदानकर्ताले थप सुविधा पनि पाउने छन् । कोषले नयाँ योगदानकर्ताको आकर्षण बढाउन र कोषमा आबद्ध गर्न नयाँ सुविधा दिने भएको हो ।

प्रवक्ता पन्थीकाअनुसार अवकाश सुविधामा जम्मा भएको रकम अवकाश लिँदा निकाल्न पाउने छन् । कार्यरत कामदारले ८० प्रतिशतसम्म रकम विशेष सापटी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्