Logo
Logo

प्रतिनिधिसभाका चार सांसदलाई कोरोना



काठमाडौं । प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यही २७ वैशाखमा बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्