Logo
Logo

राष्ट्रियसभाको उपनिर्वाचन : बादलको उम्मेदवारी अनिश्चित



काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा हाल गृहमन्त्री रहेका रामबहादुर थापाको उम्मेदवारी अनिश्ति बनेको छ । यअसघि नेकपा एमालेले ६ जेठ हुने उपनिर्वाचनमा वागमतीबाट बादललाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकमा मत विश्लेषण गरेर मात्र उम्मेदवार तोक्ने भएको छ । बैठकमा उपनिवार्चनबारे समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहेपनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको विश्लेषण भएको थियो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्