Logo
Logo

निषेधाज्ञा उल्लंघन गर्नेलाई अब जरिवाना



काठमाडौं । उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन शुरु गरेको छ । निषेधाज्ञा उल्लंघन नरोकिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन सुरु बताए । संक्रमण बढ्दै गएको र निषेधाज्ञासमेत उल्लंघन भइरहेकाले निषेधाज्ञालाई कडाइ गर्न जरिवाना गर्न थालेको हो । वैशाख २१ र २२ दुई दिनमा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ ।

यस्तै बिहीबारबाट जरिवानालगायत काराबाहीसहित थप कडाइ गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानीय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महीना कैद सजाय गर्ने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्