Logo
Logo

प्रधानमन्त्रीले विश्वासको मत पाउँदैनन् : नेता पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोतिर जान खोजेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले विश्वासको मत लिने प्रयास गरेपनि मत नपाउने दावी गरे ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ ।

आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको पुनको दाबी छ । ‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नुहुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनुभएको हो’ नेता पुनले भने ।

ओलीले संसदमा विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उनले बताए कांग्रेस, माओवादीले नयाँ सरकार बनाउन सक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामी संवैधानिक विकल्पभित्र खुल्ला छौं ।’ कोरोना महामारीमा भन्दा सरकार अन्यत्र केन्द्रित भएको भन्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्