Logo
Logo

एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा निरौला



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले निरौलालाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले गत २५ बैशाखमा बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेपश्चात रिक्त रहेको उक्त पदमा निरौलालाई गरिएको हो ।

नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले बिहीबारमात्र बागमती प्रदेशसभा सचिवालयलाई निरौलालाई प्रमुख सचेतकमा नियुक्तबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्