Logo
Logo

माधव नेपाल र शेरबहादुर देउवाबीच भेटघाट



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच देउवा निवासमा छलफल भएको हो ।

एमाले नेता नेपाल देउवासँग छलफल गर्न बिहीबार साँझ बुढानिलकण्ठ पुगेका हुन् । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।

छलफलमा नेपालले २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत कुनै पनि हालतमा दिने वातावरण नबनाउने र राष्ट्रियसमामा गठबन्धनको उम्मेद्वार बनाउने विषयमा छलफल भएको समेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्