Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिनको १ बजे बैठक बस्नेगरी प्रतिनिधि सभाको अधिवेशन बोलाएका छन् ।

हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ।

कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्