Logo
Logo

माधव नेपाल शीतलनिवासमा, मेरियटमा एमाले नेताको अर्काे बैठक




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समस्यामा परेपछि एमालेको एकता जोगाउन दौडधुप सुरु भएको छ । नेता माधव नेपाल राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् भने अन्य नेताहरु पनि छलफलमा जुटेका छन् ।


कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि नेता नेपाल शीतलनिवास पुगेका छन् । राष्ट्रपछि बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार दिउँसो मात्र भेटवार्ता भएको थियो ।
उता, मेरियट होटलमा एमालेका नेताहरुबीच छलफल भएको छ । विष्णु पौडेल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालबीच छलफल सुरु भएको हो । माधव नेपाल पक्षलाई कारबाही गरेर पेलेरै अघि बढ्ने तयारीमा रहेका ओली पछिल्लो समय विपक्षी गठबन्धनका कारण झस्किएका छन् । जसकारण नेपाल पक्षलाई फकाउनतर्फ उनी लागेका छन् । कारबाही फुकुवाका लागि ओली निकट नेताले आश्वासन समेत दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्