Logo
Logo

बजेटको तयारीः कर्मचारीको तलब बढ्ने




काठमाडौं । अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।


प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लोकप्रिय कार्यक्रम ल्याउन लागिएको छ । जसअन्र्तगत कर्मचारीको तलब बृद्धि, बृद्ध भत्ता बृद्धि लगायत छन् । कोरोना महामारीका कारण भत्ता र तलब बृद्धिमा सरकारलाई दबाब भएपनि थोरै भएपनि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । त्यसो त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बृद्धभत्ता र तलब बढाउने घोषणा गरिसकेका छन् । जसकारण पनि उनी थोरै भएपनि बढाउनुपर्ने दबाबमा छन् ।


गत वर्ष पनि कर्मचारीको तलब बढेको थिएन । कर्मचारीले पनि तलब बृद्धिका लागि दबाब दिइरहेका छन् । नेपालमा सरकारबाट तलब खाने करिब ६ लाख कर्मचारी तथा शिक्षक छन् ।

प्रतिक्रिया दिनुहोस्