Logo
Logo

राष्ट्रियसभा उपनिर्वाचन : उम्मेदवार टुंगो लगाउन बालुवाटारमा बैठक



काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनअघि एमालेको बालुवाटारमा बैठक बस्दैछ । राष्ट्रियसभा सदस्यको उम्मेदवारी आज दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

एमाले ओली पक्षले यसअघि गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताएपनि निश्चित भएको छैन । त्यसैले शुक्रबार उम्मेदवारी दर्ता गर्नुअघि एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक रुपमा छलफलका लागि बैठक बोलाएको नेता सुवास नेम्बाङले बताए । उनका अनुसार अहिले बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउनेछ ।

विहीबार बालुवाटारमै बसेको एमाले स्थायी कमिटी बैठकले उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सकेको थिएन । विपक्षी गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएपछि बादल उम्मेदवार बन्नबाट हच्किएका छन् । उनले जित सुनिश्चित भएपछि मात्र उम्मेदवार बन्ने बताएका छन् ।

उक्त पदपूर्तिका लागि ६ जेष्ठमा मतदान हुँदैछ । प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् ।

विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्