Logo
Logo

शय्या नपाएर वडा सदस्यको एम्बुलेन्समै मृत्यु



रुपन्देही । बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापामगरको शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्ष रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि अस्पतालमा बेड नपाएपछि होम आइसोलेसनमै बसेका थिए । उनको गएराति मृत्यु भएको हो ।

तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोज्दा गर्दा एम्बुलेन्समै मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्