Logo
Logo

ओलीसँग कुनै सहमति भएको छैन : नेता नेपाल


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

नेता नेपालले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरु सिद्धानतनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहेकाले लचकता अपनाउने तर अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन’, नेता नेपालको भनाइ छ ।

नेता नेपालले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्