Logo
Logo

‘जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र असफल’



काठडमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी फुटबाट जोगिएको नेताहरुले दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जसपामा अहिले सन्तुलनमा आएको नेता नेता डम्बर खतिवडाले बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल ।’ पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको उनको दावी छ ।

महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन् ।

यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सघन सम्वाद अगाडि बढाएका थिए । उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो । अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने जसपाका नेता खतिवडाले बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी–एकता जोगिने, यसबीचका सबै अफवाह गलत सावित हुने, जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि एकपटक असफल, अनेक उतरचडाबका बाबजुद अन्तत: ठीक निर्णयमा पुग्ने संस्कृति सकारात्मक नै हो कि ?।’

प्रतिक्रिया दिनुहोस्