Logo
Logo

कालोबजारी गर्नेलाई नांगेझार पार्ने युवा संघको चेतावनी



काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले कोरोना महामारीकाबीच मानवता विरुद्धको अपराधमा संलग्न हुनेलाई नांगेझार पार्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष नरेश शाहीले एक विज्ञप्ती जारी गर्दै महामारीका बेला मानवता विरुद्धको अपराधमा संलग्न हुने जोकोहीलाई पनि नछोडने चेतावनी दिएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ– ‘यो मानविय संकटको बेला पनि मानवता विरुद्धको अपराधमा संलग्नहुने जो कोहि सामाजिक दण्डको भागिदार हुने तथ्यलाई आत्मसाथ गर्दै त्यस्ता अपराधी र उनका मतियारहरुलाई समाजमा नाङ्गेझार पार्ने दिशामा कुनै कसर बाँकी नराख्ने युवा संघ नेपाल स्पष्ट पार्न चाहन्छ ।’
संघले विज्ञप्तिमार्फत मानविय संकटको बेलामा कसैले कमिसन, चर्को शुल्क असुली, कालोबजारी, आर्थिक अनियमितता गरेमा वा भैरहेको देखिएमा तत्काल नागरिकहरुलाई गोलबद्ध गर्दै हस्तक्षेप गर्न मातहतका कमिटीहरुलाई उनले निर्देशन समेत दिएको छ ।

बजारमा अक्सिजन सिलिन्डर र रेम्डिसिभर जस्ता औषधीहरुको कालोबाजारीका कारण ति सामग्रीहरुको कृतिम अभाव देखिएको छ । उपभोक्ता खरिदमा चर्को मुल्यतिर्न बाध्य छन् ।

सरकार कालोबजारी नियन्त्रणमा पुर्णरुपले असफल भइसकेको आरोप लगाउँदै संघले आइसोलेसन केन्द्र निर्माणको नाममा स्थानिय तहहरुमा आर्थिक अनियमितता भैरहेको तथ्य सार्वजनिक भएपछि त्यसमा नागरिक स्तरबाट अनुगमन गर्नुपर्ने आवश्यक रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्