Logo
Logo

रसियन खोप ल्याउन लोमश फर्मालाई अनुमति



काठमाडौं । कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला भएको छ । औषधि व्यवस्था विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो ।

रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीका अनुसार यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ ।

नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को–भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्