Logo
Logo

उपनिर्वाचनमा कृष्णबहादुर तामाङले पनि दिए उम्मेदवारी



काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले शुक्रबार हेटौंडामा रहेका बागमती प्रदेश निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

तामाङको प्रस्तावकमा सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजू रहेकी छन् । उनीहरु दुवै बागमती प्रदेशसभा सदस्य हुन् ।
राष्ट्रियसभाका उम्मेदवारलाई सम्बन्धित प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले मत दिन पाउँछन् । नेमकिपाका दुई प्रदेशसभा सदस्य र पालिकाका एक प्रमुख र एक उपप्रमुख छन् ।

उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा र नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मदवारी दर्ता गराएका छन् । ६ जेठमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्